Paschim Express
डडेल्धुराको गिल्लेश्वरी वनका कोषाध्यक्षविरुद्ध उजुरी, किर्ते हस्ताक्षर गरेको आरोप

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा पर्ने गिल्लेश्ररी सामुदायीक वन उपभोक्ता समूहका कोषाध्यक्षले किर्ते हस्ताक्षर गरेर लाखौ रकम दुरुपयोग गरेको आरोप लागेको छ ।

डिभिजन वन कार्यालय डडेल्धुरामा गिल्लेश्ररी सामुदायीक वनका कोषाध्यक्ष नारदबहादुर बिष्टले अध्यक्ष रमेशबहादुर बिष्ट र सचिव डम्बर ऐरको दस्तखत किर्ते गरेर रकम दुरुपयोग गरेको उजुरी परेको हो ।

कोषाध्यक्ष बिष्टले अध्यक्ष रमेशको हस्ताक्षर सजिलो बनाई आफैँ चेकमा दस्तखत गर्ने तथा सचिव ऐरलाई कुनै जानकारी नदिई किर्ते दस्तखतले चेकमार्फत रकम झिकेर अख्तियार दुरुपयोग गरेको उजुरी डिभिजन वनमा परेको हो । 

उजुरी कर्ताको निवेदन अनुसार ०७६ देखि हालसम्मका आवश्यक कागजातहरु माग गरिएको र सोहीअनुसार अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत महेश घर्तीमगरले जारी गरेको पत्रमा उल्लेख छ । डिभिजन वन कार्यालयले अनुसन्धानकै क्रममा अध्यक्ष रमेशसिह बिष्टलाई पत्र काटेर आवश्यक स्पष्ट खुलाई पठाउन अनुरोध गरेको छ ।

राष्ट्रीय बाणिज्य बैंकमा रहेका वनको खाताबाट ०७४ सालबाट करिब लाखौ रकम झिकिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कोषाध्यक्ष बिष्टले अहिले आदित्य आधारभूत बिद्यालयको राहत शिक्षक पदमा कार्यरत छन् ।

उनले आफुले ०७८ सालबाट गिल्लेश्वरी सामुदायिक वन उपभोक्ता समुहको कोषाध्यक्ष पदबाट राजिनामा दिएको बताएका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update