Paschim Express
बझाङमा दिउसोपछि मतगणना

कैलाली । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनमा सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाका ३ वटा केन्द्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ। शनिवार खराब मौसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतवार बिहान ल्याइएको हो ।

साइपाल गाउँपालिका वडा नं ३ को काडा माबि मतदान केन्द्र, वडा नं ४ को धुली मतदान केन्द्र र वडा नं ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट चैनपुर ल्याइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख मानबहादुर धामीले बताए ।

निर्वाचन क्षेत्र भरिका मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेपछि मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिउसोपछि मतगणना गर्ने तयारी छ । शनिबार भएको उपनिर्वाचनमा ३० हजार तीन सय २८ जनाले मत खसालेका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update