Paschim Express
डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दाउन्नेमा पल्टियो

डडेल्धुरा । डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दुर्घटनामा परेका छ । आइतबार बिहान घटाल डिलक्सको बा५ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो ।

 प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ ।

बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर साउदले बताए ।

उनका अनुसार अधिकाशं यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ । भने, बाँकी यात्रुलाई पनि अन्य सवारीसाधनमा पठाइनन लागिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update