Paschim Express
बझाङमा पनि मतगणना सुरू

बझाङ । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

छविसपाथिभेरा गाउँपालिका- १ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update