Paschim Express
बझाङमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा, १२५ मतको अन्तर

बझाङ ।  बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ९ हजार मत कटाएका छन् ।  नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ३ सय ४३ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ४ सय ६७  मत ल्याएका छन् ।

कांग्रेस उम्मेदवार सिंह एमाले उम्मदेवार भण्डारीभन्दा १२५  मतले अगाडि छन् ।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ८७ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४ सय ५३ मत ल्याएका छन् । बझाङमा भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update