Paschim Express
इलाम २ : सुहाङको मत १० हजार कट्यो

काठमाडाैं । इलाम–२ मा  नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन । पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ३ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत ल्याएका छन् ।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ५ सय ९१ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय ४३ मत आएको छ ।

इलाम २ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित  भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update