Paschim Express
बझाङमा कांग्रेसलाई उछिन्दै एमाले ९ मतले अगाडि

बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २६ हजार ८०१ मत मतगणना भैसकेको छ ।

त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई पछि पार्दै एमाले ८ मतले अगाडि गएको छ ।

नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ८ सय ८९   मत ल्याएका छन् । भने, कांग्रेसका सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन् ।  त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ६  सय ६३  र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update