Paschim Express
बझाङमा मतगणना रोकियो

बझाङ । बझाङमा जारी मतगणना रोकिएको छ । चलिरहेको मतगणना तलकाेट गाउँपालिका ४ काे मुचुल्का हराएको भन्दै रोकिएको बताइएको छ । 

तलकाेट गाउँपालिकाकाे वडा नम्बर ३ सम्म गणना गरिसक्दा वडा नम्बर ४ काे मतपेटीका शिल गरेकाे मुचुल्का नभेटिएपछि मतगणना राेकिएकाे हाे  । मुचुल्का नभेटेपछि शंका लागेर कांग्रेसका एजेन्टले गणना राेक्न माग गरेका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update