Paschim Express
मुचुल्का भेटिएपछि बझाङमा रोकिएको मतगणना पुनः  सुरु

बझाङ- बझाङमा रोकिएको मतगणना पुनः सुरू भएकाे छ । तलकाेट गाउँपालिका ४ काे मुचुल्का हराएको भन्दै  मतगणना रोकिएको थियाे ।

तलकाेट गाउँपालिकाकाे वडा नम्बर ३ सम्म गणना गरिसक्दा वडा नम्बर ४ काे मतपेटीका शिल गरेकाे मुचुल्का नभेटिएपछि मतगणना राेकिएकाे हाे । तर अहिले मुचुल्का भेटिएपछि मत गणना सुरू भइसकेकाे छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update