Paschim Express
बझाङमा एमालेको ११ हजार मत कट्यो, ३४१ मतले कांग्रेस पछाडि

बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ११ हजार १ सय २ र कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ६ सय ६१ मत ल्याएका छन् । भण्डारी ३४१ मतले  अगाडि छन् । त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ८ सय ९७ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५ सय १० मत ल्याएका छन् ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएको थियाे । अब साईपाल गाउँपालिकाकाे मत गणना मात्रै  बाँकी रहेकाे छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update