Paschim Express
बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङमा भएकाे  प्रदेशसभाकाे उपचुनावमा  नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका हुन् ।

दमन भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले ११ हजार ३४६  मत प्राप्त गरेका छन् ।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ८३१ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन् ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएको थियाे । २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update