Paschim Express
सेतीमा नुहाउन गएका नरबहादुर बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।

शिखर नगरपालिका–८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ का अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सुपप्र ०१ ००१ ज १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । तामाङ बेपत्ता भएको सूचना सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

तामाङको खोजी भइरहेको प्रहरीले जानएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update