Paschim Express
बैतडीमा  भीरबाट लडेर चन्द्राको मृत्यु

बैतडी । बैतडीमा घर लिप्ने माटो लिन गएकी एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–५ की अन्दाजी २४ वर्षीया चन्द्रा कुमारी धामीको  भीरबाट लडेर मृत्यु भएको हो । 

स्थानीय घर नजिकैको खल्लीगडान भन्ने भीरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी घर लिप्ने माटो लिन भीरमा गएकी थिइन् ।

धामी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत रहेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update