Paschim Express
गोदावरीमा खोलामा डुबेर एक बालकको मृत्यु

अत्तरिया । गोदावरीको हाटखोली खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका-८ हाटखोली खोलामा धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने लक्ष्मण चौधरीका छोरा अन्दाजी १३ वर्षीय राजिव चौधरीको नुहाउने क्रममा डुबेर सोमवार मृत्यु भएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली खटिई मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update