Paschim Express
सुदूरपश्चिममा आगलागीको घटना भयाभह, ५  करोड २० लाखको क्षति

डडेल्धुरा । सुदूरपश्चिममा आगलागीका घटना दिनदिनै बढीरहेका छन् । प्रदेशका ९ वटै जिल्लामा भएका आगलागीबाट ठूलो धनजनको क्षति भएको छ ।

अहिलेसम्म आगलागीबाट ५ करोड २० लाख २७ हजार पाँच सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको हाे ।

सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरण अनुसार साउनदेखि हालसम्म आगलागीमा परेर पाँच महिलासहित ९ पुरुषको मृत्यु भइसकेको छ । भने, १३ महिलासहित २५ पुरुष घाइते भएका छन् ।

आगलागीबाट दुई सय २० परिवार प्रभावित बन्न पुगेका छन् । त्यस्तै अहिलेसम्म १९ घर पुर्ण र २९ घरमा आंशिक क्षति पुगेको छ । भने, ५२ वटा गोठ जलेर ५६ पशुचौपायामा क्षति पुगेको छ ।

यस्तै कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क पारेको किसानको गहुँबालीमा आगो लाग्दा खेतबारीमै गहुँ जलेर खरानी छन्  प्रदेशभित्र ८८ वटा स्थानीय तहहरु छन् । तर दमकल १८ वटा पालिकामा मात्र छ । त्यसमा पनि  एउटा दमकल भने सञ्चालनमा छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update