Paschim Express
सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीका कृषिमन्त्री बनिन्

कैलाली । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज(मंगलबार) नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update