Paschim Express
डडेल्धुरामा जोखिम हस्तान्तरण सम्बन्धी कार्यशाला

डडेल्धुरा । सहरी विपद तथा भूकम्पिय पूर्वतयारी परियोजना  र स्थानीय साझेदार रुडुक डडेल्धुराको आयोजनामा डडेल्धुरामा जोखिम न्यूनिकरण गर्न सरोकारवालासँग  जोखिम हस्तान्तरण सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । 

कार्यशालामा सम्भावित भूकम्पिय जोखिम तथा आगलागीजस्ता विपदबाट बच्न कसरी काम गर्ने भनेर ध्यान दिन जरुरी रहेको सहभागीहरुले बताएका छन् । 
कार्यक्रममा अमरगढी नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, उद्दोग वाणिज्य संघ, बिमा कम्पनीका  प्रमुख र पत्रकारको सहभागिता थियो ।
कार्यक्रमको सभापतित्व अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update