Paschim Express
डडेल्धुरा सदरमुकामको ऋषि वनमा भयानक डढेलो, निभाउने प्रयास हुँदै

डडेल्धुरा ।  डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा डढेलो लागेको छ । अमरगढी नगरपालिका- ५ स्थित महेश्वरी होटेलको मुनितिरको जंगलमा आगलागी भएको हो ।

आज(मंगलबार) साँझबाट लागेको आगो अहिले निभाउने प्रयास भइरहेको छ । प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय सजन सिंह ठकुरीले बताए ।

Messenger_creation_d4a5e064-9ede-445a-817b-36d39596514f-1714495092.jpeg

'नेपाल बैंक मुनिको जंगलमा केही नियन्त्रण भयो तर अहिले महेश्वरी होटेल तलबाट खोलैसम्म आगो लागीसकेको छ' उनले भने । उक्त स्थानमा सल्लाका पिरोल भएकाले आगो दनदनी बलिरहेको उनले बताए ।

received_961068971950115-1714494538.jpegफोटो: नितेश

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update