डडेल्धुरा । डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा डढेलो लागेको छ । अमरगढी नगरपालिका- ५ स्थित महेश्वरी होटेलको मुनितिरको जंगलमा आगलागी भएको हो ।
आज(मंगलबार) साँझबाट लागेको आगो अहिले निभाउने प्रयास भइरहेको छ । प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय सजन सिंह ठकुरीले बताए ।
'नेपाल बैंक मुनिको जंगलमा केही नियन्त्रण भयो तर अहिले महेश्वरी होटेल तलबाट खोलैसम्म आगो लागीसकेको छ' उनले भने । उक्त स्थानमा सल्लाका पिरोल भएकाले आगो दनदनी बलिरहेको उनले बताए ।
फोटो: नितेश
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय