Paschim Express
डडेल्धुराका कर्णबहादुरले श्रीमतीलाई बन्चरो हाने

डडेल्धुरा । श्रीमानको बन्चरो प्रहारबाट डडेल्धुरामा एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन् ।

हिजो(मंगलबार) श्रीमान्–श्रीमतीको घरायसी झैझगडा हुँदा कर्णबहादुरले  श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडाध्यक्ष प्रमोदबहादुर मल्लले जानकारी दिए ।

घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ । अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update