Paschim Express
सुदूरपश्चिममा पहिलो बन्यो जिल्ला प्रशासन कार्यालय डडेल्धुरा

डडेल्धुरा । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो भएको छ । कार्यालयले सम्पादन गर्ने कामका आधारमा गरिने मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रदेशभर पहिलो भएको हो । 

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्र रोकायाका अनुसार देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सातौँ स्थानमा परेको छ ।

गत आर्थिक वर्षमा पाँचौ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय यसवर्ष भने सातौँ स्थानमा परेको हो । नायब सुब्बा रोकायाका अनुसार गृह मन्त्रालयले उक्त कार्यसम्पादन मूल्याकंनको विवरण सार्वजनिक गरेको हो । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update