Paschim Express
ट्रेड युनियन डडेल्धुराद्वारा विचार गोष्ठी र श्रमिक सभा

डडेल्धुरा ।  १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराले विचार गोष्ठी र श्रमिक सभाको आयोजना गरेको छ । जिल्ला सदरमुकाममा आयोजना भएको उक्त सभा ट्रेड युनियन डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । 

सभाका प्रमुख अतिथि नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशी रहेका थिए भने विशिष्ठ अतिथि ट्रेड युनियनका केन्द्रीय सदस्य शान्ति सिंह रहेका थिए । 

सभामा सहभागीहरुले कार्यक्षेत्रमा लैङ्गिक समानता र समावेशिता, स्वच्छ वातावरण, ज्यालामा एकरुपता, कार्यस्थलको सुरक्षा, श्रम शक्तिलाई सीप, शिक्षा र सम्मानित रोजगारीको व्यवस्था, सबै कामदारलाई योगदानमा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइनुपर्ने बताएका थिए । 

ba8ba578-86e0-4429-8420-d0f8d96b49d9-1714548711.jpg

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व मजदुर दिवस संसारभर मनाउने निर्णय गरिएको थियो । सन् १८९० देखि प्रत्येक वर्ष मे १ मा दुनियाँभर मजदुर दिवस मनाउने गरिएको थियो ।

नेपालमा २००३ फागुन २० गते विराटनगर जुटमिलमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर मजदुर युनियन गठन गरेसँगै औपचारिक रुपमा ट्रेड युनियन आन्दोलन सुरुआत भएको इतिहास रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update