Paschim Express
डडेल्धुराको ऋषि वनमा लागेकाे डढेलो नियन्त्रण बाहिर, क्याम्पस उच्च जोखिममा

डडेल्धुरा ।  हिजो(मंगलबार) साँझबाट डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । हिजो तुफान्डाँडास्थित महेश्वरी होटेलको मुनितिर लागेको डढेलो अहिले डडेल्धुरा क्याम्पससम्म पुगेको छ । 

आगो क्याम्पसनजिक पुग्न लागेकाले अहिले दमकल प्रयोग गरि नियन्त्रणको प्रयास हुँदैछ । हिजो साँझ पनि 
प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

तर, सल्लेरी वनमा लागेको आगो नियन्त्रणमा आएको थिएन । 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update