Paschim Express
डडेल्धुराको ऋषि वनमा लागेको डढेलो नियन्त्रण बाहिर,  प्रहरीले माग्यो स्थानीयको सहयोग

डडेल्धुरा ।  हिजो(मंगलबार) साँझबाट डडेल्धुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । हिजो तुफान्डाँडास्थित महेश्वरी होटेलको मुनितिर लागेको डढेलो अहिले नेकपा एमालेको पार्टी कार्यालय तथा डडेल्धुरा क्याम्पसमुनीसम्म पुगेको छ । 

अमरगढी नगरपालिकाको एउटा दमकल, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । तर, पनि आगो नियन्त्रणमा आउन नसकेपछि प्रहरीले स्थानीयसँग सहयोग मागेको छ । प्रहरीले सदरमुकाममा बसोबास गर्दै आएका प्रत्येक घरधुरीबाट एक/एक जना आएर आगो निभाउन सहयोग गर्न भन्दै माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दिपक कार्कीले बताए । 

उनले अहिले प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुख डढेलो लागेको क्षेत्रमा रहेर नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update