Paschim Express
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा हेमराज पन्त

काठमाडाैं । सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो ।

(मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसमध्येका पन्तलाई प्रचण्डले आज (बिहीबार) उपकुलपति नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update