Paschim Express
सुरु भयो अमरगढी–खप्तड साइकल यात्रा

डडेल्धुरा । डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडसम्मका लागि अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा सुरु भएको छ । सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साइकल यात्रा सुरु भएको हो । 

साइकल यात्राको एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहरालगायतले शुभारम्भ गरे ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख बोहराका अनुसार ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लादेखि सुरु भएको साइकल यात्रा धर्तीको स्वर्गका रुपमा चिनिएको खप्तडको त्रिवेणी धामसम्म पुग्नेछ । 

उनका अनुसार साइकल यात्रामा तीन भारतीय नागरिकसहित ३२ जना साइकल यात्रीको सहभागिता रहेको छ । अमरगढी–खप्तड साइकल यात्रा वैशाख २५ गते समापन हुने बोहराले बताए । अमरगढी किल्ला र खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको निमित्त प्रमुख बोहराले बताए । 

कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर जोशीले साइकल यात्राले अमरगढी किल्ला र खप्तडको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update