Paschim Express
डडेल्धुरा नेविसंघले गर्‍यो भित्तेपात्रो विमोचन

डडेल्धुरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति डडेल्धुराले भित्तेपात्रो विमोचन गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेविसंघ डडेल्धुराले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको हो । 

पार्टी कार्यालय तुफानडाँडामा आयोजित कार्यक्रमका नेपाली काँग्रेस डडेल्धुराका उपसभापतिसमेत रहेका अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी अवस्थी, उपाध्यक्ष निमला बोगटी, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारी लगायत नेपाली कांग्रेस डडेल्धुराका नेताहरु र नेविसंघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

मिति, तिथि, चाडपर्व, दिवसलगायत विषय तथा जिल्लामा रहेको काँग्रेस र भातृ संगठनको बारेमा जानकार राख्न भित्तेपात्रो प्रकाशन र वितरण गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए ।

सोही अवसरमा ०८१ सालको शुभकामना आदानप्रदान पनि गरिएको अध्यक्ष ऐरले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update