Paschim Express
बाजुरामा गाइ गोठसहित २ घरमा आगलागी

बाजुरा । बाजुरामा गाइ गोठसहित २ घरमा आगलागी भएको छ । जिल्लाको स्वामीकात्तिक खापर गाउँपालिका– ३ अम्बर कट्टेल, पवन कट्टेल र गौरी कट्टेलको घर तथा गाइ गोठमा आगो लागेको हो ।

प्रहरीका अनुसार अम्बर कट्टेलको तीन तलाको नौ वटा कोठाको कच्ची घरमा आगो लागेको हो । पवनको ढुङ्गा र माटोले बनेको खरले छाएको गोठ र गौरीको घरमा आगो लागेको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, काठ लगाएतका सामानहरू जलेर नष्ट भएका छन् । अन्य क्षतिको विवरण आएको छैन ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update