कञ्चनपुर । कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी स्थित दोदा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिवार नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–४ शान्तिपुर का १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय