Paschim Express
मोटरसाइकल दुर्घटनामा डडेल्धुराका पूर्व वडाध्यक्ष  ऐरको निधन

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको  निधन भएको छ । 

मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन  भएको हो । उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन् । 

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको त्यहिँ निधन जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएकाे छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update