Paschim Express
रुख ढलेर सडकमा आएपछि भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । 

सोमबार दिउँसो जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि राजमार्ग अवरुद्ध भएको हो । बुडर र फल्टुडेको बीचमा  सडक अवरुद्ध हुँदा अहिले त्यहाँ सवारीसाधन रोकिएको एक यात्रु रमेश बोहराले बताए । 

हालसम्म पनि सडक खुलाउन कोही नआएको उनले बताए । सडक अवरुद्ध हुँदा तराईबाट पहाड जाने र पहाडबाट तराई जाने सम्पूर्ण साधन रोकिएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update