Paschim Express
नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह हाजिर

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अमीतकुमार साहलाई नवदुर्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार साहको आइतबार स्वागत कार्यक्रमसमेत राखिएको थियो ।

यसअघि गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङले नै नवदुर्गामा पनि कामकाज हेर्ने गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update