Paschim Express
रुख ढलेर अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो, तर गैरामा चक्काजाम

काठमाडौं। रुख सडकमा ढलेपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेकाे छ ।  सोमबार दिउँसो जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको थियाे । 

बुडर र फल्टुडेको बीचमा  सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए । प्रहरीले आराले काटेर रुख पन्छाएपछि राजमार्ग खुलेको बताइएको छ । 

तर, डोटीको गैरा बजारमा भने स्थानीयले चक्काजाम गरेका छन् । सोमबार बिहान कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा डडेल्धुराको आलिताल गाउँपालिका–१ का पूर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । 

ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बसका चालक फरार भएका थिए । तर, उक्त पवनदुत यातायात व्यवसायी समिति सम्पर्कमा नआएकाले आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । स्थानीयले दोषीलाई काराबाहीको माग गर्दै चक्काजाम गरेको मृतकका आफन्त अमरबहादुर पुनले बताए ।

राजमार्ग अवरुद्ध हुँदा गन्त्व्यमा जान लागेका सवारीसाधन रोकिएका छन् । 

गैरा आलिताल गाउँपालिकासँगै जोडिएको बजार हो । 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update