Paschim Express
भीमदत्त राजमार्गको गैरामा गरिएको चक्काजाम खुल्यो

डडेल्धुरा । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको गैरा बजारमा गरिएको चक्काजाम खुलेको छ । आज (सोमबार) बिहान कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा डडेल्धुराको आलिताल गाउँपालिका–१ का पूर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको मृत्यु भएपछि स्थानीयले अपरान्ह राजमार्ग अवरुद्ध पारेका थिए । 

दोषीलाई कारबाही हुनुपर्ने तथा क्षतिपूर्ति दिइनुपर्ने स्थानीयको माग थियो । अहिले पीडित परिवार र उक्त सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस आवद्ध पवनदुत यातायात व्यवसायी समितिबीच छलफल चलिरहेकाले राजमार्ग खोल्न स्थानीय सहमत भएका छन् ।

बिहान ठक्कर दिएपछि बस चालक फरार रहेका थिए भने समिति पनि सम्पर्कमा नआएकाले आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए ।

गैरा आलिताल गाउँपालिकासँगै जोडिएको बजार हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update