Paschim Express
भीमदत्त राजमार्गको गैरामा बिहानैबाट फेरि चक्काजाम

डडेल्धुरा । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको गैरा बजारमा पुन:  चक्काजाम गरिएको छ । हिजो (सोमबार) बिहान कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा डडेल्धुराको आलिताल गाउँपालिका–१ का पूर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको मृत्यु भएपछि स्थानीयले हिजो अपरान्ह राजमार्ग अवरुद्ध पारेका थिए । 

दोषीलाई कारबाही हुनुपर्ने तथा क्षतिपूर्ति दिइनुपर्ने स्थानीयको माग थियो । साँझ पीडित परिवार र उक्त सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस आवद्ध पवनदुत यातायात व्यवसायी समितिबीच छलफल चलेकाले राजमार्ग खोल्न स्थानीय सहमत भएका थिए ।

तर, समितिकै आधिकारिक व्यक्ति सम्पर्कमा नाआएपछि स्थानीयले मंगलबार बिहानैबाट पुनः राजमार्ग अवरुद्ध गरेका छन् ।

हिजो बिहान ठक्कर दिएपछि बस चालक फरार रहेका थिए । गैरा आलिताल गाउँपालिकासँगै जोडिएको बजार हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update