काठमाडौं । चट्याङ लागेर अछामको रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको छ ।
सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।
यता डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्णरूपमा नष्ट भएको छ ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।
उनीहरूको अवस्था सामान्य छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१ १०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय