Paschim Express
कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेका बालकको मृत्यु

कञ्चनपुर । सेप्टिक ट्यांकीमा खसेका कञ्चनपुरका एक बालकको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो ।

उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए । अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update