Paschim Express
भीमदत्त राजमार्गको गैरामा गरिएको चक्काजाम खुल्यो

डडेल्धुरा । आज(मंगलबार) बिहानैबाट बन्द भएको भीमदत्त राजमार्ग केही समयमा लागि खुलेको छ । फरार भएका बसका चालक र समितिका व्यक्तिहरू सम्पर्कमा आएर छलफल सुरु भएपछि डोटीको गैरामा गरिएकाे चक्काजाम खोलिएको हो । 

स्थानीयले दोषीलाई कारबाही हुनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।  

हिजो (सोमबार) कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डडेल्धुराको आलिताल गाउँपालिका–१ थक्लाडी पुर्णबहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । घटनापछि बस चालक फरार थिए ।

अहिले दुवै पक्षबीच कैलालीको मालाखेती इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update