Paschim Express
डडेल्धुराको परशुराममा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने 

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा यही बैसाख २९ गते विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगढी कैलालीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

एक दिने स्वास्थ्य शिविरमा फिजिसियन जनरल मेडिसीन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, मानशिक रोग, जनरल सर्जरी तथा मुत्र रोग विशेषज्ञ चिकित्सक आउने नगरपालिकाले जनाएको छ । 

आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि  स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नगरप्रमुख भरत बडायर जोशीले बताए । 

उक्त निःशुल्क स्वास्थ्य शिविरमा मुटु, प्रेसर, सुगर, ग्यास्ट्रिक, अल्सर, छाती, दम, कलेजो, कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, एमिनिया ,हाडजोर्नीको समस्या, भाचिएको, कुच्चिएको, मर्केको, बाङगोटिंगो हड्डीको उपचार, बाथरोग, युरिक एसिड, घुडा,काध, कम्मर आदिको दुखाई अप्रेसन तथा उपचार, स्त्रीरोग विशेष्ज्ञ चिकित्सकद्वारा महिलाहरुको पाठेघर खस्ने, तल्लोपेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघरमा मासु पलाएको, डेलीभरी समस्याको उपचार तथा परामर्श सेवा दिइने जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए । 

शिविरमा मानसिक रोग सम्वन्धी समस्याको उपचार, हर्निया, हाईड्रोसिल, पत्थरी, पाईल्स, प्रोस्टेट र महिलाको स्तनमा गाठागुठी भएको समस्याको उपचार समेत गरिने भएको छ । 

बेलाबेला नगरपालिकाले आँखा, दन्तसहितका निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।  

440413977_7398239380289552_7144791361461616642_n-1715230014.jpg


 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update