Paschim Express
पत्रकार उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड

धनगढी  । नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता विधातर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

सम्मेलनको दोस्रो दिन विभिन्न विधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो । सम्मेलनमा सुदूर पश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगीतर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र र्फ अनिता जोशी, समाजसेवातर्फ कल्पना भट्ट, संगीततर्फ रेखा जोशी, सूचना प्रविधितर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update