Paschim Express
भूकम्प पीडितलाई राहत दिन सुदूरपश्चिमका नेताको प्रधानमन्त्रीसँग माग 

डडेल्धुरा ।  सुदूरपश्चिमका काठमाडौंमा रहेको  विभिन्न दलका नेताहरुले भकम्प पीडितलाई चाँडै‌ राहत उपलब्ध गराउन माग गरेको छन् । भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको हो।

नेताहरुको टोलीले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भन्दै टोलीले सरकारको ध्यानाकर्षण गराएको हो।

एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन विताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने नेपाली  कांग्रेस केन्द्रिय सदस्य नैन सिंह महरले बताए।

टोलीमा प्रतिनिधि सभा सदस्य एवम् बझाङ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य बनेका शेरबहादुर कुँवर, अछामबाटै प्रतिनिधि सभा सदस्य रहेका पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारी र बझाङकै कांग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित थिए।

त्यस्तै कांग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौं माओवादी केन्द्र इन्चार्ज पदम जोशी, कांग्रेस नेता पुष्कलबहादुर बोहरा, नेकपा एसका नेता दिपक बहादुर बोहरा, कांग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका बीरबहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी र अनिल गुर्धामीको सहभागिता थियो।

यस्तै नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागिता रहेको थियो।

प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफू स्थलगत निरीक्षणमा जाने र १८ गते नै राहत उद्धारका लागि बैठक डाँकिएको बताए।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update