Paschim Express
डडेल्धुरामा खोलामा डुबेर २ किशोरीको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update