Paschim Express
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा उपचार गरेर घर फर्किरहेकी युवतीको  मृत्यु

कैलाली। कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीकाे मृत्यु भएकाे छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाकाे बलचाैरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे ।

उक्त दुर्घटनामा परेर भारतकाे हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाकाे राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारकाे उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएकाे हाे ।

एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । एम्बुलेन्स र चालक भारतकाे नैनितालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update