Paschim Express
भोलि विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी, एमालेले पनि दिने

डडेल्धुरा । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भोलि  विश्वासको मत लिने कार्यक्रम छ । नेकपा एकीकृत समाजवादीका दलका नेतासमेत रहेका सोडारीले  बिहीबार १०: १५ बजे विश्वासको लिने भएका हुन् ।

उनलाई नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । तर, तर एमालेले सरकारमा नजाने निर्णय पनि गरेको छ ।

एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोजेका थिए । तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता  सोडारीलाई जेठ ४ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, स्वतन्त्रको समर्थन रहेको छ । 

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेस १८, एमाले ११, माओवादी केन्द्र ९सभामुख सहित० ११, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update