Paschim Express
डडेल्धुरामा लम्पी स्किनबाट ४१ हजार पाँच सय पशुचौपाया संक्रमित

डडेल्धुरा । डडेल्धुरामा लम्पी स्किन रोगबाट ४१ हजार ५ सय गाईगोरुमा संक्रमण देखिएको छ । डडेल्धुराका सातवटै स्थानीय तहका गाईगोरुमा फैलिएको लम्पी स्किन रोगबाट १ हजार १ सय ९८ पशुचौपायको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ ।

गाईगोरुमा साप्रा सुन्निएर ठूलो हुने, घाउँ पाक्ने र किरा परेपछि किसानलाई समस्या थपिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा फैलिएको लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम बिरामी परेका छन् ।

पहाडी जिल्लामा फैलिएको यो रोगबाट डडेल्धुरामा ४१ हजारभन्दा बढी पशुचौपायामा संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा प्रमुख देवराज भट्टले जानकारी दिए ।

डडेल्धुरामा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन २ हजार खोप खरिद गरिएको भएपनि थोरै खोप भएका कारण प्रयोग गरिएको छैन । डडेल्धुरामा मात्रै ६० हजार पशुचौपायमा लम्पी स्किन विरुद्धको खोप लगाउनु पर्ने केन्द्रले जनाएको छ ।San1696487222.jpeg

डडेल्धुरा, बैतडी, डोटी लगायतका जिल्लामा लम्पी स्किन रोग फैलिएपछि किसानलाई समस्या थपिएको छ । सुरुमा गाईको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना-साना गिर्खाहरू देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने आदि लक्षण देखिने गरेको छ । 

बिश्व पशु दिवस डडेल्धुरामा पनि मनाईयो 
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले बुधबार विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाएको छ । बिश्व पशु दिवसको अवसरमा नवदुर्गा गाउँपालिका–१ असुर्पा डडेल्धुराको बैजनाथ दुग्ध संकलन केन्द्रमा जुगा बिरुद्धको औषधी, युरिया मोलासिस बितरण गरिएको भेटेरिनरी अस्पताल प्रमुख देवराज भट्टले बताए । 
डडेल्धुरामा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईएको हो । दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर रहेका सबै जनावरको अवस्था सुधार र सुधारका लागि प्रयास गर्नु हो ।
विश्व पशु दिवसमार्फत् पशु कल्याणका लागि मानिसलाई सचेत गराउनु हो । सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थियो । त्यसपछि वर्षमा एक दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ ।
नेपालमा विभिन्न जनावरलाई देवीदेवताको रुपमा पुज्ने चलन छ । तिहारका पाँच दिन काग, कुकुर, गाई÷गोरुलाई पूजा गरिन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update