Paschim Express
डडेल्धुरामा सुरु भयो द्विजगंगा क्रिकेट प्रतियोगिता

डडेल्धुरा । डडेल्धुरामा द्विजगंगा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशसभाका सदस्य तारा जोशीले उद्घाटन गरे । 

डडेल्धुरा जिल्ला क्रिकेट संघ डडेल्धुराको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेतालाई नगद ७५ हजार, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार ,मेडल र प्रमाणपत्रका साथै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद एक हजार र ट्रफी पनि प्रदान गरिने छ । यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, ट्रफी र प्रमाणपत्र र म्यान अफ दि सिरिजलाई नगद १० हजार ,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

अमरगढी नगरपालिका वडा नम्बर ३ स्थित रामलिला मैदानमा प्रतियोगिता भइरहेको र प्रतियोगिताबाट १९ वर्षमुनिको प्रदेशस्तरीय प्रतियोगिताको लागि जिल्लाको टिम पनि छनोट गरिने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update