Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, विपक्षीविहीन थियो प्रदेशसभा बैठक

डडेल्धुरा । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।

कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षधर र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । मख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस र नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् । नाराबाजी गर्दै दुई पार्टीका सांसद बाहिरिए पनि सत्तारुढ दलहरूको सहभागितामा बैठक चलेको हो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update