Paschim Express
डडेल्धुरामा पासोमा परेर चितुवाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा पासोमा परेर चितुवाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेतिर नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा पाँच वर्षको चितुवा मृत फेला परेको हो ।

पासोमा परेर मृत्यु भएको उक्त चितुवाको कम्मरमा घाउ रहेको थियो । स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली र डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

मृत चितुवाको शव डिभिजन वन कार्यालयले सरोकारवाला सबैको रहोबरमा आफ्नै परिसरमा व्यवस्थापन गरेको छ ।

 
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update