Paschim Express
डडेल्धुराका युवक बैतडीमा मृत फेला

डडेल्धुरा । डडेल्धुराका एक पुरुषको बैतडीको पाटनमा शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका- ६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ५० वर्षीय रुपक जैरुको शव फेला परेको हो । पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्कमा थिएनन् । उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरेले सिलाई सेन्टरका संचालकलाई सोधपुछ गरिरहेको जनाएको छ । घटनाको थप अनुसान्धन भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update