Paschim Express
डडेल्धुरामा काकामाथि बन्दुक तान्ने भतिजो पक्राउ

डडेल्धुरा । डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिका–२ खोलेखरका २८ वर्षीय डम्बर बहादुर थापा मगर एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए ।

प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरिएको  प्रहरीले बताएको छ ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update